बालगोपालेश्वरमा बिहानैदेखि भाइटीका

0
Shares

 

काठमाडौं । दाजुभाइ दिदीबहिनी नहुनेहरूले आज बिहानैदेखि काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउन सुरु गरेका छन्। बिहान ५ बजेदेखि रानीपोखरीमा टीका लगाउने कार्यक्रम सुरु भएको हो।

बालगोपालेश्वर मन्दिरमा आएको धेरै वर्ष भइसकेको टीका लगाउन बसेको बिमला कपालीले बताइन्। यहाँ दाजुभाइ नभएका र दिदीबहिनी नभएका मानिसहरू टीका लगाउन आउने गरेको उनको भनाइ छ।

यमपञ्चकको अन्तिम दिन आज आफ्ना दिदी बहिनीको हातबाट टीका लगाएर मनाइने चाड भए पनि सबैका दिदीबहिनी हुँदैनन् भने सबैका दाजुभाइ पनि हुँदैनन् उनीहरूको लागि पनि वैकल्पिक बनेको रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा टीकाको दिन सबैजना जम्मा भई टीका लगाउने प्रचलन रहेको छ।