टेनिस खेल्न अध्यक्ष थापा चीन प्रस्थान


काठमाडौंँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष थापाले आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुने छ ।

पूर्वउपप्रधानमन्त्री थापाका साथमा उहाँका श्रीमती प्रलिता पनि हुनुहुन्छ । उहाँ कात्तिक १४ गते स्वदेश फर्कनुहुने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।