विप्लव समूहका जिल्ला सदस्य पक्राउ


गलकोट । नेत्रविक्रम चन्द (विप्लव) समूहका बागलुङ जिल्ला सदस्य गोविन्द कार्की पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा बागलुङको काठेखोला गाउँपालिका–७ रेश निवासी ४० वर्षीय कार्कीलाई आज दिउँसो मालढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।