नेकपा एकिकरण पछिको पहिलो जलपान


मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा काभ्रेको एकता पछिको पहिलो संयुक्त जलपान कार्यक्रम सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री एवं नेकपा नेता माधवकुमार नेपालले संयुक्त जलपान समारोहमा पार्टी एकिकरण र एकिकरण पछिका जिम्मेवारीका बारेमा बताउनु भएको छ ।

जिल्ला अध्यक्ष रुकु चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी माधवकुमार नेपालले सरकार र पार्टीलाई अवसर प्रदान गरेकाले जनताको मन जित्नु पर्ने बताउनु भयो । ‘नेपाली कांग्रेसले अवसर प्राप्त गरेका बेला मुलुकको समृद्धी तिर ध्यान दिन सकेन’–नेता नेपालले भन्नुभयो–‘दुई तिहाईको सरकारले मुलुकको हितका लागि काम गर्न चाहेको अवस्थामा सम्भव भएकाले सरकार र पार्टीका गति बढाउनु पर्ने छ ।’ प्रदेश नम्वर २ का आफ्नै समस्या भएको बताउँदै नेता नेपालले मुलुकको विकासका लागि सरकारले गरिरहेका कामहरुलाई अझै प्रभावकारी बनाउन पार्टी कार्यकर्ताहरु सक्रिय हुनु पर्ने बताउनु भयो ।

प्रदेश नम्वर ३ का अध्यक्ष नारायण दाहालले प्रदेश नम्वर ३ का सबै जिल्लामा पार्टी एकिकरणको मुल काम सकिएको बताउनु भयो । जिल्ला कमिटीहरु सबै निर्माण भएका छन् अब पालिका र वडा स्तरीय कमिटी निर्माणका लागि अभियान शुरु भएको उहाँले बताउनु भयो । सबै कमिटीहरु गठनसँगै पार्टी भित्र जागरण ल्याउन प्रशिक्षण संचालन गर्नु पर्ने उहाँले बताउनु भयो ।

जिल्ला इन्चार्ज एवं सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले सरकारले मुलुकको समृद्धीका लागि काम गरिरहेको बताउनु भयो । सरकारले गरिरहेका राम्रा कामहरुको सन्र्दभमा गलत अपवाह फैलाउने गरी विपक्षीले चालेको कदमका विरुद्ध जनताले साथ नदिने बताउँदै पार्टीको सृदृढिकरण र सरकारका कामहरुलाई संगै बढाउने बताउनु भयो ।

कार्यक्रममा जिल्ला इन्चार्ज एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकमा विधिको शासन स्थापित गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ । १२ बर्षपछि फौजदारी अभियोगमा सांसद अफताव आलम पक्राउ परेको बिरोधमा नेपाली काँगे्रसले सरकारले दमन गरेको सुशासन कायम नभएको आरोप लगाएको प्रति आक्रोस पोख्नुहुँदै गलत गर्नेलाई सरकारले नछाड्ने उद्घोष गर्नुभयो । सोहि कार्यक्रममा विप्लब कार्यकर्ता रमेश प्रसाद बोलखे लगायत केहि ब्यक्तिहरु नेकपामा प्रवेश गरेका थिए । दुबै पार्टी भित्रको आन्तरिक विवादका कारण ढिला भएको नेकपा काभ्रेको एकता प्रकृया गत शनिबार मात्रै टुङ्गिएको थियो । प्रदेश नम्वर ३ को सबै भन्दा अन्तिम जिल्लाका रुपमा काभ्रेपलाञ्चोकले १ सय २६ जना जिल्ला कमिटी सदस्यहरुलाई सपथ गराएको थियो ।

सपथ पछिको जिल्ला कमिटीको पहिलो बैठकले एकता सहितको चियापान कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर २ को उप निर्वाचनको तयारी र तल्लो तहसम्म पार्टी एकिकरणको प्रकृया सक्ने निर्णय गरेको छ । काभ्रेमा नयाँ संरचना अनुसार १३ तह, दुई संघिय र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् भने १ सय ३५ वटा वडा रहेका छन् । कमिटीको बैठकले स्थानीय तहका सबै कमिटीहरु गठन गर्ने निर्णय गरेको छ ।

नेकपा काभ्रेमा तत्कालिन नेकपा एमालेबाट ६३ र माओवादीबाट ६३ जनाले सपथ खाएका थिए । जिल्ला सचिव टोकबहादुर वाइवाले एमालेका तर्फबाट ७८ र माओबादीबाट ६८ सदस्य छनौट गर्न पाउनेमा बाँकी रहेका मनोनित गर्न बाँकी रहेको बताउनुभयो । एमालेबाट १५ र माओबादी केन्द्रबाट पाँच मनोनित गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।