बसको ठक्करबाट भाले मरेपछि चक्काजाम


न्युज अफ नेपाल दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन्।

कुखुराको भाले मरेपछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा थुपार्नुका साथै काठ, बाँस तेर्साएर सडक अवरुद्ध पारेका थिए ।

खैराहा–कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको स्थानीयले बताए ।

एक स्थानीयका अनुसार भालेलाई ठक्करदिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एक घण्टा सडकमा काठ तेर्साएर सडक अवरुद्ध पारेका थिए । बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति पछि सडक खुलेको छ ।