न्युज अफ नेपाल, काठमाडौँ ।
सुनको मुल्य ६०० रुपैयाँले बढेको छ । बिहिबार ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार ६०० रुपैयाँ बढेसगैँ प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजबी सुनको प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीमा पनि १० रुपैयाँ बढेसँगै प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको संघले जनाएको छ ।
प्रतिक्रिया