कर्मचारी बर्खास्त


बैंकक, (एजेन्सी)।

थाइल्यानका नरेश भाजिरालोन्कोर्नले बिहीबार अत्यन्तै खराब आचरण प्रदर्शन गरेको भन्दै ६ जना अधिकारीलाई बर्खास्त गरेका छन्। केही दिनअघि मात्र उनले आफ्नी शाही पत्नीलाई राजसंस्थाप्रति बफादार नरहेको र दुव्र्यवहार गरेको अभियोगमा उनको सम्पूर्ण शाही पदवी र सुविधा खोसेका थिए।

यसरी बर्खास्त हुनेमा एक महिला, एक वरिष्ठ प्रहरी अधिकारी र दुई जना शाही रक्षक रहेका छन्। तिनीहरूमाथि निजी र अन्य व्यक्तिका स्वार्थपूर्तिका लागि सरकारी पदको अधिकार र दायित्वको दुरूपयोग गेरेको अभियोग लगाइएको छ।