मोदी असंलग्नमा संलग्न नहुने


नयाँदिल्ली, (एजेन्सी)।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी असंलग्न राष्ट्रहरूको वार्षिक सम्मेलनमा सहभागी नहुने भएका छन्। उनको स्थानमा भारतको प्रतिनिधित्व उपराष्ट्रपति वेंकैया नायडुले गर्ने बताइएको छ।

यस सम्मलनमा मोदी सहभागी नभएको यो लगातार दोस्रोेपटक हो। अजरबैजानको राजधानी बाकुमा अक्टोबर २५ र २६ मा असंलग्न परराष्ट्र नीतिका पक्षधर राष्ट्रहरूको वार्षिक सम्मेलन आयोजना हुँदै छ।

१ सय २० देश सदस्य रहेको यो संगठनको भारत संस्थापक सदस्य हो। सन् १९६१ मा यसको शुरूआत भएदेखि सन् १९७९ बाहेक भारतका प्रधानमन्त्रीले सधैं सहभागिता जनाउँदै आएका थिए।