नेपाली हस्तकलाका सामाग्री चिनियाँ नागरिकको रोजाईमा

0
Shares

सरस्वति न्यौपान,रसुवा ।

रसुवा सहित नेपालका विभिन्न जिल्लामा उत्पादन भएका नेपाली हस्तकलाका सामाग्रीको चिनियाँ बजारमा आकर्षण बढेको छ । जिलोङ काउन्टीको आयोजनामा चिनको केरुङमा कार्तिक ३ गते देखि दोस्रो अन्तराष्ट्रिय सिमा व्यापार तथा पर्यटन महोत्सवमा नेपाली हस्तकलाका सामाग्री चिनियाँ नागरिक रोजाईमा परेको थियो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भडारीका अनुसार द सेकेन्ड इन्टर नेसनल बोर्डर ट्रेड कल्चर टुरिजम फेष्टिभल तिब्बेत इन जिलङ नामक केरुङ महोत्वसमा नेपाली सामाग्री विक्री उत्साहजनक रुपमा विक्री भइरहेको छ ।

छिमेकी चिनियाँ अधिकारीको नियन्त्रण स्विकार गर्दै केरुङ पुगेका प्रजिअ भण्डारीले केरुङमा भइरहेको महोत्सव अवलोकन र नेपालीको सहभागीता बारे जानकारी लिएका थिए । प्रजिअले महोत्सवको अलावा नियमित रुपले व्यापार गरी बसेका नेपाली लाई सहयोग गरी दिने समेत चिनियाँ अधिकारी सँग आग्रह गरेका थिए ।

साताव्यापी रुपमा सन्चालन हुने महोत्सवमा नेपाली हस्तकाला र चिनिया समाग्री केरुङ बजारमा विक्री वितरण भइरहेको छ । सदरमुकाम धुन्चे देखि ५५ किलोमिटर उत्तर चिनको जिलुङ प्रान्त अन्तर्गत केरुङ महोत्सव मा नेपाली समाग्री विक्रिका लागी केरुङ स्थित चिनिया अधिकारी ले स्टल उपलब्ध गराएको व्यवसायीले बताए ।

केरुङ महोत्सवको विक्री केन्द्रमा नेपालमा उत्पादन भएका पस्मिनाका सामाग्री, धातुका मुर्ति, तामाको ब्रास, थाङ्का पेल्टीङ, कार्पट, गारमेन्टका सामाग्री, रद्राक्ष, र बुद्धचितका माला समेतका सामाग्री सहित २८ वटा स्टल रहेको बाँके कोहल पुर ९ का व्यवसायी सन्जय चौधरी ले बताए । नेपालमा तयार भएका हस्तकलाका सामाग्री केरुङमा आकर्षण बढ्दै गएको र सन्चालीत दोस्रो वर्षको महोत्सव मार्फत नेपाली सामाग्री खपतमा बढी प्राथमिकता पाउने चिनिया अधिकारीले बताए ।

यस्तै केरुङदेखि ७ किलो मिटर उत्तर पाङसिङ क्षेत्रमा सदियौँ देखि बसोबास गर्दै आएका नेपाली मुलका बासिन्दाको घर आँगनमै पुगी प्रजिअ अर्जुन भण्डारीले उनिहरुको बसाईको अवस्था बारे जानकारी लिएका थिए ।

नेपाली मुलका ४८ घर परिवारले टिबेटिएन र चिनियाँ भाषा बोल्छन । उनिहरु नेपालबाट कहिले गएका हुन भन्ने यकिन र रेकर्ड नभएकाले र उनिहरुलाई पनि कहिले आएको थाहा नभएको प्रजिअ भण्डारीले बताए ।

चिन सरकारले उनिहरुलाई उपयुक्त आवास बनाइदिए पनि उनिहरुको एउटै चाहना नेपाल घुम्ने रहेको भेटिएको अवसरमा प्रजिह भण्डारीलाई बताए । ति नेपालीको वस्ती क्षेत्रलाई चिनको जिलुङ प्रान्तले तामाङ गाउँ नामाकरा गरेको रहेछ ।