कास्मिर समस्यामा चिन्ता


वासिङ्टन, (एजेन्सी)।

अमेरिकी कांग्रेसमा भएको लामो सुनवाइमा अमे

 

रिकी नेताहरूले कास्मिरलाई लिएर भारतको नीतिको आलोचना गरेका छन्। अमेरिकी कांग्रेसमा मंगलबार दक्षिण एसिया क्षेत्रको मानव अधिकार विषयमा भएको चर्चाका क्रममा कास्मिर मुद्दा हाबी रह्यो।

अमेरिकी संसदीय समितिले अमेरिकी सरकारका तर्फबाट उपस्थित भएका अधिकारीबाहेक कास्मिर मुद्दामा स्थानीय साक्षीका कुरा पनि सुनिएको थियो।

दक्षिण एसिया मामिलाको सहायक विदेशमन्त्री एलिस वेल्सले समितिसमक्ष अमेरिकाले कास्मिरको स्थितिमा आफ्नो चिन्ता भारतलाई अवगत गराएका बताएकी छन्।