महराको डिएनए परिक्षण गर्न अदालतको आदेश


न्युज अफ नेपाल, काठमाडौं ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरको डिएनए परिक्षण गर्न अदालतले आदेश दिएको छ ।

अदालतले प्रहरीलाई थप सात दिनको म्याद थप गर्दै उनीमाथि डिएनए परिक्षण लगायतका महत्वपूर्ण परिक्षण गर्न प्रहरीलाई आदेश दिएको छ । यस अगावै महरालाई पटक–पटक डिएनए परिक्षणको लागि आग्रह गर्दा उनले आनाकानी गरिरिहेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले मागे बमोजिम सात दिनको समय जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेले दिएका हुन।

अव उनलाई तिहारपछि अदालत खुलेसँगै पेश गरिनेछ ।