मेयर चिरिबाबुको महिनादिन विदेश बसाई


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको यस पटकको विदेश भ्रमण झन्डै महिनादिनको भएको छ । २३ दिनको विदेश बसाईँ पछि यही कार्तिक १० गते आईतबार उहाँ नेपाल फर्किनुहुने भएको छ ।

मयेर भएपछि महर्जनको यो विदेश बसाई अहिलेसम्मकै सबैभन्दा लामो अवधिको हो ।

उहाँ क्यानडामा गत असोज २० गते सोमबार देखि २४ गते शुक्रबार सम्म भएको इकोसिटी समिट – २०१९ मा भाग लिन असोज १७ गते शुक्रबार साँझ त्यसतर्फ जानुभएको महानगरपालिकाद्वारा प्रकाशित विज्ञप्तीमा भनिएको छ ।

समिटपछि आफ्नो परिवारका सदस्यहरुसंग भेट्न अमेरिका जानुभएको महानगरपालिकाले जनाएको छ ।

मेयर महर्जनको यो १२ औं विदेश यात्रा हो । मेयर महर्जनको अनुपस्थितिमा उपमेयर गीता सत्याललाई कार्यवाहक प्रमुख तोकिएको छ ।