भिटेन र दुर्गेश पक्राउ प्रकरणः परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस्: प्रवक्ता बास्कोटा


न्युज अफ नेपाल, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले र्‍यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदमको प्रसंसा गर्दै नेपाली समाजको मौलिक पन रहेको र स्वतन्त्रताका नाममा समाजको मूल्य मान्यता भत्काउन नहुने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई भिटेन पक्राउबारे प्रश्न सोधिएको थिए । कलाकारिता समाजको ऐना भएको भन्दै उनले भने, ‘दिदी, भाइ बहिनी आमा र परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ?’
यस्तै निर्णय सर्वजनिक गर्ने क्रममा उनले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले संविधान मानेर हिंसा छाडे खेल खत्तम हुने बताएका पनि छन्।

विप्लवले आफ्ना कार्यकर्तालाई रिहा गरेर प्रतिबन्ध हटाए वार्ता गर्ने सर्त राखेको प्रसंगमा बाँस्कोटाले छदमभेषी कुराका पछि सरकार नलाग्ने प्रतिक्रिया दिए।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘छदमभेषी कुराका पछि सरकार लाग्दैन। जाँतो घुमेजस्तो। संविधान मानेर हिंसा छाडे खेल खत्तम, केको प्रतिबन्ध र कार्यकर्ता रिहाइका कुरा।’

संविधानले दिएको राजनीतिक अधिकारअनुसार विप्लव हिंसा छाडेर आउनुपर्ने उनले बताए।