बालिका हत्यामा संलग्‍न १६ जनालाई मृत्युदण्ड


ढाका, बंगलादेशमा एक बालिकालाई जलाएर हत्या गरिएको घटनामा संलग्न १६ जनालाई मृत्युदण्ड सुनाइएको छ ।

१९ वर्षीया छात्रा नुसरत जहाँ रफीलाई जलाएर हत्या गरेको अभियोगमा अदालतले १६ जनालाई दोषी ठहर गरेको हो । ढाकादेखि १६० किलोमिटर टाढा फेनी नगरमा नुसरतको हत्या गरिएको थियो ।

उनले यौन दुव्र्यवहार भएको भन्दै आफ्नै शिक्षकविरुद्ध उजुरी दिएकी थिइन् । उक्त उजुरी फिर्ता लिन उनलाई दबाव दिइएको घटना बाहिर आएको छ ।

उजुरी फिर्ता लिन नमान्दा उनलाई शिक्षककै संलग्नतामा एक समूहले जलाएर हत्या गरेको स्थानीय मिडियाले जनाएका छन् । अदालतले मुद्दाको फैसला गर्दै शिक्षक सहित १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । यस क्रममा बंगलादेशमा महिला हिंसा विरुद्ध श्रृंखलावद्ध आन्दोलन हुँदैआएको थियो ।