र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने, युट्युबाट गित हट्यो


न्युज अफ नेपाल, काठमाडौं ।

चर्चित र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

पछिल्लो समय ‘ हामी यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।

पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो ।

उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।