‘यस्तै त हो नि ब्रो’ का गाएका भिटेन पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

चर्चित ‍र्‍यापर भिटेन (समीर सिसीङ ) लाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समयमा युवापुस्ता माझ चर्चित बनेका भिटेनलाई बिहीबार बिहान महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

उनले गाएको ‘यस्तै त हो नि ब्रो’ गीतमा भएका अपशब्दका कारण उनी पक्राउ परेकको प्रहरीले जनाएको छ । उनले गीतमा पुलिस चौकी भित्र गर्छु दारु खादै मस्ती भन्ने जस्ता शब्द प्रयोग गरेका छन् ।

यस्तै भिटेनले फेसबुकमा प्रहरीको पोशाक लगाएर चुरोट खादै गरेको आफ्नो तस्वीर राखेका छन् । यीनै तस्वीर र गाीतका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।