ब्याडमिन्टनमा नेपाल क्वाटर फाइनलमा प्रवेश


उहान (चीन) ।
सातौँ विश्व सैनिक खेलकुद प्रतियोगीता अन्तर्गत चीनमा भएको पुरुषतर्फको एकल ब्याड्मिन्टनमा नेपालले फ्रान्सलाई पराजित गरेको छ ।

उहान युनिभर्सिटी स्टुडेन्टस् स्पोट्र्स सेन्टरमा बिहिबार विहान भएको मेन्स् सिंगलमा नेपालका रत्नजीत तामाङले फ्रान्सका मन्दिन मौचेटलाई सोझो सेटमा पराजित गरेका हुन् । तामाङले २१–८ र २१–१० का फराकिलो अन्तरले फ्रान्सका खेलाडीलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएका हुन् ।

यसअघि बुधबार भएको पहिलो चरणको पुरुषतर्फको एकल खेलमा पनि तामाङले लक्जेम्वर्गका रोवर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका थिए ।

आजै भएको तेक्वान्दोतर्फ ५८ केजी तौल समूहको (पुरुष) सागर गुवाजू र ४६ केजी तौल समूह (महिला तर्फ) काजल श्रेष्ठको प्रदर्शनी राम्रो हुन सकेन ।