इच्छामृत्यु वरण


लक्जेम्वर्ग, (एजेन्सी)।

बेल्जियनका पारालम्पियन चालिस वर्षिया मारिएके भेर्भुटले इच्छा मृत्यु अर्थात युथनेजियाको माध्यमले आफ्नो जीवन त्यागेको स्थानिय संचार माध्यमले बुधवार जनाएको छ।

उनले सन् २०१२ मा वेलायतको राजधानी लन्डनमा आयोजित पारालम्पिकमा एउटा स्वर्ण र एउटा रजत पदक जितेकी थिइन्।

त्यसपछि सन् २०१६ मा ब्राजिलको रियो दि जनेरोमा आयोजित खेलमा अन्य दुइ पदक जित्न सफल उनी उपचारन नहुने खालको माशपेसी क्षय हुने रोगबाट पिडित भएकी थिइन्।

बेल्जियममा युथ्नेजियालाई वैधानिक मान्यता प्राप्त छ। उनले २००८ मै  अनुमति लिएकी थिइन्।