अमेरिका र क्यानडाबाट लागूऔषध नेपालतर्फ तस्करी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

लामो समयदेखि लागूऔषधको कारोबारमा संलग्न रहँदै आएका ३ जनालाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ।यसअघि नेपालबाट युरोप, अमेरिकालगायतका देशमा लागूऔषध तस्करी हुँदै आएकोमा यसपटक भने ब्युरोले अमेरिका र क्यानडाबाट नेपाल आएको गांँजा ७ केजी बरामद गरेको छ।

प्रहरीका अनुसार काभ्रेका अच्युत त्रिपाठीले अडियो म्युजिक सिस्टमभित्र राखी फ््लाई दुबई एयरबाट उक्त कार्गो ल्याएका थिए।त्रिपाठीलाई प्रहरीले पक्राउ गरेपछि सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेलाई पक्राउ गरेको छ।

त्रिपाठीसँगै उक्त कारोबारमा संलग्न सुरेन्द्र पाण्डेलाई अमेरिकाबाट आएको कार्गो चेकजाँच गर्दा उक्त कार्गोमा २ केजी गाँजा बरामद गरेको थियो। उनीहरूले अमेरिका र क्यानडाबाट लागूऔषध भिœयाउने गरेको प्रहरीले जानकारी दिएको छ।