अमेरिकाबाट बलात्कारी नेपाल ल्याइयो

0
Shares

काठमाडौं, (नेस)।

१९ वर्षअघि एक युवतीलाई बलात्कार गरी नेपालबाट भागेर अमेरिका पुगेका एक युवकलाई अमेरिकी प्रहरीको सहयोगमा झापाको भद्रपुर नगरपालिका–९ घर भएका लिलाराज गौतमलाई नेपाल ल्याएर पक्राउ गरेको छ।

अमेरिकाको मियामीमा बस्दै आएका गौतमलाई यसअघि नेपालको सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको थियो। इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमार्फत डिल्लीबजार कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले जनाएको छ।

२०५७ असोज २९ गते राति सीताराम बस्नेतले सन्ध्या राजवंशीलाई घरबाट बोलाई लगेका र गौतम तथा मनोज खड्कासमेतले करणी गरी घाँटी थिचेर हत्या गरेपछि रूखमा झुन्ड्याएर भागेका थिए। २०५७ असोज ३० गते बिहान झापाको चारआली जंगलमा सन्ध्याको शव झुन्डिएको अवस्थामा फेला परेको थियो।