नेपाल संवत्मा प्रधानमन्त्री सहभागी हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष ११४० को उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा आयोजना हुने शुभकामना सभामा सहभागी हुने बताउनुभएको छ।उहाँले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत् न्हूदँया राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधि मण्डलसँग भेटघाटको क्रममा उक्त कुरा बताउनुभएको हो।

उहाँले आफू नेपाल संवत्को र्याली तथा सभामा प्रधानमन्त्री नभएको बेलामा पनि उपस्थित हुने गरेको स्मरण गर्दै यस वर्षको नयाँ वर्षमा आयोजना हुने सभामा विशेषरूपमा उपस्थित भई केही कुरा भन्ने इच्छा भएको विचारसमेत व्यक्त गर्नुभएको छ।

उहाँले नेवार समुदायहरूले कात्तिक १३ गते भाइटीका गर्ने भएकाले उक्त दिन सार्वजनिक बिदा दिने जानकारी गराउँदै नेपालको संस्कृति, परम्पराको उत्थानमा नेपाल सरकारको सदैव सहयोग हुने विचारसमेत व्यक्त गर्नुभएको छ।