ब्राउन सुगरसहित दुई पक्राउ

0
Shares

पोखरा, (नेस)।

ब्राउन सुगरसहित पोखरामा दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरामा ११ दशमलव ३४ ग्राम ब्राउन सुगर र ब्राउन सुगर नाप्ने डिजिटल मेसिनसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २५ वर्षीय अभिन गुरुङ र ३० वर्षीय सत्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताउनुभयो। नेपालगन्जबाट पोखरा आएका सत्या चौरधीले रातो रंगको पुरानो टिसर्ट लगाएका थिए।