दोहोरो वायुको प्रभावले बढ्यो चिसो

0
Shares

काठमाडौं, (नेस)।

अरब सागरको पूर्वतर्फको मध्यभाग र बंगालको खाडी बनेको अर्को न्यून चापीय प्रणालीका कारण मुलुकका अधिकांश भेगको मौसम प्रभावित बनेको छ। सोही कारणले अहिले प्रदेश ७ बाहेक अन्यत्रको मौसम आंशिकदेखि पूर्ण बदली अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभूती पोखरेलका अनुसार बुधबारबाट बंगालको खाडीको मौसमी प्रभाव पनि भित्रिएकाले आंशिकदेखि सामान्य बदलीको क्रम अझै केही दिन जारी रहनेछ।

दोहोरो प्रभावले बुधबारदेखि अधिकांश भेगमा चिसो बढेको बताउँदै उहाँले भन्नुभयो– ‘दुई तीन दिनलाई केही बढी प्रभाव पूर्व र मध्य भेगमा रहनेछ, अन्यत्र पनि आंशिक प्रभाव देखिनेछ।’ अहिलेको मौसमी प्रणालीका कारण भारी वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली भेगमा हिमपातसहित हल्का वर्षाको संभावना रहेको पोखरेलले बताउनुभयो।