राष्ट्रिय गौरवका आयोजनाबारे प्रमको चासो

0
Shares

काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाबारे चासो लिँदै आयोजनाको काम तोकिएको अवधिअगावै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। आयोजनाको काम गौरव गर्न लायकको बनाउन, गुणस्तर नखस्काई तोकिएको अवधिभन्दा अघि नै सम्पन्न गर्न उहाँले सरोकारवाला मन्त्रालय, विभाग र आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभएको हो।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट ६ वटा गौरवको आयोजनाको प्रगति विवरण लिँदै काममा तीव्रता दिन ओलीले निर्देशन दिनुभएको कार्यालयले जनाएको छ। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, सिक्टा सिँचाइ आयोजना र भेरी–डाइभर्सन सिँचाइ आयोजनाका बारेमा उहाँले प्रगति विवरण लिनुभएको हो।