चावहिलमा घर भत्काउँदा पुरिएर घाइते भएका तामाङको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

चावहिलको शान्तिमार्गमा घर भत्काउने क्रममा पुरिएर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपक तामाङ रहेको प्रहरीले जनाएको छ ।

तामाङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घर भत्काउने क्रममा गारोले पुरिएर घरधनी गोविन्द श्रेष्ठ, बाटोमा हिँडिरहेका दिपक तामाङ र चाबहिलमा रहेको टिफिन होमका कर्मचारी ३५ वर्षीय रामबहादुर कुँवर घाइते भएका थिए।

घाइतेको चाबहिलस्थित मेडिकेयर अस्पताल र दीर्घायु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।