विद्यालयको छाना खस्दा ४० विद्यर्थी एकैपटक घाइते


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा एक विद्यालयको छाना खस्दा करिव ४० जना विद्यार्थीहरु घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका– ३ स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डेरी बोर्डिङ स्कुलको छाना खस्दा १ देखि ५ कक्षाका ३९ जना विद्यार्थी घाइते भएका हुन् ।

घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।