चाबहिलमा घर भत्किँदा पैदलयात्रुसहित ४ जना गम्भीर (भिडियोसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

चाबहिलस्थित मूल सडकमै घर भत्किएको छ। बुधबार दिउँसो भत्किएको उक्त घरमा परी ४ जना मानिस घाइते भएका छन्।

घाइते मध्ये एकजना बाटोमा हिँडिरहेका मानिस र तीनजना मजदुर रहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । प्रहरीका अनुसार धाइते मध्ये दुई जनाको अवस्था सामान्य र दुई जनाको अवस्था गम्भीर छ । उनीहरुको दिर्घायु अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

केही दिनअघिबाट क्रेन प्रयोग गरी चारतले पुरानो घर भत्काउन थालिएको थियो। तर, आज भत्काउन थालिएको उक्त घर आज एक्कासी ढलेको हो।

हेर्नुहोस भिडियो