नेकपाका केन्द्रिय सदस्य आचार्य र कर्णाली प्रदेश सदस्य सिहंमाथि आक्रमण


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट बारेकोट गाउँपालिका पार्टीको कार्यक्रममा जाँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटिका सदस्य डम्वर बहादुर सिह माथी बुघवार बिहान आक्रमण भएको छ ।

पुर्वनिर्धारित कार्यक्रम अनुसार बारेकोट गाउँपालिकाको लिम्सामा पार्टी कमिटिको सपथ ग्रहण कार्यक्रममा जाने क्रममा बारेकोट गाउँपालिका ८ लैखम स्थित राहपानी झरणा नजिकैको भिरमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य निरज आचार्य र नेकपाका कर्णाली प्रदेश समिति डम्वर बहादुर सिह माथी आक्रमण भएको हो ।

सपथ ग्रहण कार्यक्रको लागी बारेकोट गाउँपालिका जादै गर्दा बाटोमा हिडि रहेको अवस्थामा विपरित दिशाबाट आएका पाँच जना मध्य एक जनाले लठठीले कुटेर आफुलाई घाईते वनाएको कर्णाली प्रदेश सदस्य डम्वर बहादुर सिहले वताउनु भयो ।

पाँच जनाको समुहले शुरुमा डम्वर बहादुर सिह भनेको को हो भनि सोधे मैले म नै हुन भन्ने वितिकै आफुलाई हान्न शुरु गरेको सिहले वताउनु भयो । एमालेका नेतालाई कुट्नु पर्छ भन्दै नेकपाका केन्द्रिय सदस्य आचार्य र आफुलाई हिड्ना नसक्ने गरी कुटेको सिहले बताउनु भयो ।
बिद्रोही नेकपा विप्लब नेतृत्वका कार्यकर्ता अर्जुन नाम गरेका युवाले आफुहरु दुवै जनालाई एमालेका नेता भनेर गाली गर्दै कुटेको सिहले टेलिफोन मार्फत जानकारी गराउनु भयो । युवाको आक्रमणबाट घाईते भएर हिड्न नसक्ने भएपछि बारेकोट गाउँपालिका लिम्सामा हुने कार्यक्रममा नगएर आफुहरु दल्ली तिर फर्किएको सिहले वताउनु भयो ।

नेकपाका केन्द्रिय सदस्य निरज आचार्यले आफुहरुलाई कुरेर गौरामा वसेर आक्रमण गर्ने योजना वनाएका रहेछन अप्ठेरो ठाँमा पुग्ना वितिकै आक्रमण शुरु भयो माथिबाट ढुङ्गा गुराएर अगाडी वढ्न नदिएपछि हामी फर्कियौ नलगाड नगरपालिकाको दल्ली स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिरहेका छौ अहिले खतरा मुक्त छौ केन्द्रिय सदस्य आचार्यले बताउनु भयो ।

आचार्य पुर्व एमालेको भातृ संस्था युवा संघ नेपालका पुर्व महासचिव हुनुहुन्छ भने सिह जाजरकोट जिल्ला कमिटिका पुर्व अध्यक्ष हुनुहुन्छ । घटना योजना अनुसार गरे जस्तो देखिएको नेता सिहले वताउनु भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका अध्यक्ष ढकवीर रानाले घटनाको प्रतिक्रिय दिदै घटना निकै दुखद भएको वताउदै दोषिलाई कडा भन्दा कडा कार्बाहि हुनु पर्ने वताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्याम बहादुर खत्रीले घटना वारे वुझना प्रहरी घटना स्थल तर्फ जादै गरेकोले घटनामा खास के भएको हो आक्रमण गर्नेहरुको हुन एकिन जानकारी नआएको बताउदै घटनामा संम्लग्नाहरुको खोजि कार्य भैरहेको वताउनु भयो ।

बिप्लव नेतृत्वको नेकपा जाजरकोटका इन्चार्ज प्रेम प्रकास वली धमिलले नेकपाको दुई तिहाईको सरकारले आफना नेता कार्यकर्ताहरुलाई सुनियोति पक्राउ गरेकोले पार्टी कमिटिको एक महिना अगाडी निकालेको विज्ञप्ती अनुसार यस्तो कदम चालेको वताउनु भयो ।जाजरकोटका अन्य पालिकामा सत्तारुढ दल नेकपाका नेताहरुलाई गाउँमा प्रवेश रोक लगाएकोले आउन खोज्नेलाई जुन सुकै आक्रमण हुने चेतावनी दिनु भयो ।