जनकपुरमा गोली चल्यो, एकको मृत्यु


न्युज अफ नेपाल, जनकपूरधाम ।

जनकपूरमा बुधबार बिहान दुई युवाबीचको विवादले उग्ररूप लिएपछि हुँदा गोली चलेको छ । जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै चलेको गोलीबाट जनकपुर–१ का ४० वर्षीय मनोज कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शी अमित साहका अनुसार लेनदेनको विषयमा चर्काचर्की हुँदा पंकज चौधरीले गोली चलाएका हुन् । न्यूज २४ सँग कुरा गर्दै साहले भने, ‘सुरुमा लेनदेनको विषयमा चर्काचर्की भएको थियो, त्यसपछि पंकज चौधरीले गोली नै चलायो ।’आफू पनि त्यहाँबाट ज्यान जोगाएर भागेको र प्रहरीलाई खबर गरेको पनि उनले बताए ।

घटना आज बिहान अन्दाजी ९स् ३० बजे को हो । गोली लागेको युवक मनोजलाई तत्काल जनकपूर आँचल अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनेसाथै अस्पतालले मृत घोषणा गर्यो । यता गोली चलाउने व्यक्तिलाई बन्दुक सहित प्रहरी आफ्नो नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रहरी नायब ऊपरिक्षक (डिएसपी) रामेश्वर कार्कीका अनुसार गोली चलाउने व्यक्ति बन्दुकसहित पक्राउ परेको बताएका छन् । घटना बारे घटना स्थलमा विस्तृत अनुसन्धान भई रहेको कार्कीले न्यूज २४ लाई जानकारी दिएको छ ।

मृतकको लास अहिले जनकपूर आँचल अस्पतालमा राखिएको छ । घटना लेन देनको विषयलाई लिएर भएको स्थानीयको भनाइ रहेको छ ।