रुसमा नेपाली वैज्ञानिकले जिते स्वर्ण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

रुसमा यही अक्टोबरमा सम्पन्न आठौं एसिया प्यासिफिक योङ साइन्टिस्ट कन्फ्रेन्समा नेपाली युवा वैज्ञानिकले स्वर्ण पदकसहित तीन पदक जितेका छन्।

नेपालको तर्फबाट साउथवेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराजसागर प्रधानले २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हासिल गरेका हुन्।

प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पीड ट्रान्समिसन एन्ड डाटा एनालाइसिस विषयमा आफ्नो प्रस्तुति दिएका थिए।

यस्तै अस्मिता स्कुलकी दीक्षा संजेल र काठमाडौं मोडेल कलेजका ऋषिकुमार गुप्ताले कांस्य पदक हासिल गरेका थिए।