कर्पोरेट सुपर सिक्ससँग माछापुच्छ्रे बैंक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

आगामी डिसेम्बर १८ देखि २३ गतेसम्म हुने छैटौं कर्पोरेट सुपर सिक्सलाई प्रमुख प्रायोजक माछापुच्छ्रे बैंकले गर्ने भएको छ।

प्रतियोगिताको आयोजक एसएस इभेन्टस म्यानेजमेन्टले मंगलबार पत्रकार सम्मेलन गरी माछापुच्छ्रे बैंकसँगको सम्झौता बारे जानकारी गराएको हो।

उक्त कार्यक्रममा माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्ट्सकाका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा २४ टोलीको सहभागिता हुनेछ।

निर्धारित ५ ओभरको खेल हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख लाग्ने आयोजकले अनुमान गरेको छ।

माछापुच्छ्रे बैंकको देशभरमा १ सय ४१ शाखा र १ सय ३० शाखारहित बैंक गरी कुल २ सय ७१ स्थानबाट सेवा प्रदान गर्दै आएको छ।