नेपाल समाचारपत्र, रसुवा।
स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको सडक दुई लेनको निर्माण हुने भएको छ। करिब ४ अर्ब १७ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सडकको साढे आठ मिटर चौडाईमा कालोपत्रे गरिनेछ भने छेउमा एक मिटर नाली रहने छ।
गल्छी त्रिशूली—स्याफ्रुबे्ंसी—रसुवागढी सडक छेउमा बनाइएका घर टहरा यहि कार्तिक महिनाभित्र हटाउने काम गरिने आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो।
भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारीक नाका रसुवागढी जोड्ने सडक यहि नै हो।
गोसाईकुण्ड गाउँपालिकाको घट्टेघोलामा दुई महिना अघि एक कार्यक्रम गरी नेपाल र चिनियाँ अधिकारीले संयुक्त रुपमा उक्त सडक निर्माणको उद्घाटन गरेका थिए।
स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग सडक निर्माण शुरु गरी २९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चाइना तिब्बत टिएन न्यू कम्पनी लिमिटेडलाई जिम्मा दिइएको छ।
प्रतिक्रिया