ईशनिन्दाले दंगा


ढाका, (एजेन्सी)।

बंगलादेशमा एक हिन्दू युवकले फेसबुकमा गरेको एक टिप्पणीलाई लिएर भएका दंगाका कारण मर्नेको संख्या ४ पुगिसेकेको छ।

भोला द्वीपका निवासी हिन्दू युवक विप्लवचन्द्र वैद्यको फेसबुक आईडीबाट ईशनिन्दासँग सम्बन्धित सामग्री पोस्ट भएपछि करिब २० हजारको भिडले युवकलाई फाँसी दिन माग गर्दै प्रदर्शन गरेका थिए।

आइतबार भएको उक्त घटनाले साम्प्रदायिक दंगाको रूप लिएपछि प्रहरीको गोलीबाट ४ जनाको मृत्यु भएको थियो।

सोमबार पनि व्यापक प्रदर्शन भएपछि त्यस इलाकामा भेला हुन, ¥याली तथा प्रदर्शनमाथि रोक लगाएको छ।