दुर्घटनामा दुईको मृत्यु

0
Shares

ललितपुर, (नेस) । गोदावरी नगरपालिका–९ चुनिखेलस्थित सडकमा बा२ख ५००९ नम्बरको बसबाट खसेर सोही बसले किच्दा सोही ठाउँ घर भएका ८ वर्षीय नवीन घिमिरेको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसै गरी ललितपुर महानगरपालिका–८ ग्वार्कोमा बा४ख ९०५५ नम्बरको ट्रकले मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री इमाडोल बस्ने सिन्धुपाल्चोक गोल्छे घर भएका ४० वर्षीय राजकुमार लामा तामाङको बी एन्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।