विस्फोटक पदार्थ बिक्रीवितरण नगर्न अनुरोध

0
Shares

काठमाडौं, (नेस)। गृह मन्त्रालयले सरकारले तिहारको समयमा समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रसारण नगर्न आग्रह गरेको छ। हिजो मंगलबार सार्वजनिक सूचना जारी गरी तिहारमा हुने देउसीभैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र लिन अपिल गरेको छ।

साथै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामगी उत्पादन तथा प्रशासन नगर्न आग्रह गरेको छ।
भुइँचम्पा, पटका र आतिसवाजीजस्ता विस्फोटक पदार्थको बिक्रीवितरण तथा प्रयोग नगर्न पनि अपिल गरेको छ। यसो गरेमा कानुनअनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।