सिंहदरबारको प्रबलीकरण शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु भएको छ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक महत्व र पहिचान कायम हुने गरी सिंहदरबारको प्रबलीकरण सुरु गरेको बताउनुभयो। केही सम्पदाविद्ले सम्पदाका रुपमा मात्र भए पनि सिंहदरबारलाई प्रबलीकरण गरेर जोगाउन सुझाव दिनुभएको उहाँले बताउनुभयो।

‘हामीले त्योभन्दा अघि बढेर राज्यका महत्वपूर्ण कार्यक्रममा समेत प्रयोग हुने गरी बलियो र सुरक्षित प्रबलीकरण गर्दै छौं’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो– ‘त्यसैको तयारीले गर्दा पनि पश्चिम मोहडाको प्रबलीकरण सुरु गर्न बढी समय लागेको हो।’

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) र शर्मा–गौरी पार्वती–न्यु टेक्निकल जेभीबीच एक हप्ताअघि ठेक्का सम्झौता भएको थियो।

जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपियाँमा प्रबलीकरणको ठेक्का पाएको छ। सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको पन्द्र महिनादेखि प्रबलीकरण जारी छ। निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न प्राधिकरणले जनाएको छ।