चालिस राँगा नियन्त्रणमा

0
Shares

राजविराज। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो ।

भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक वीरेन्द्र महराले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका राँगाको बजार मूल्य करीब रु आठ लाख रहेको प्रहरीको अनुमान छ । नियन्त्रणमा लिइएका राँगालाई आवश्यक कारवाहीका लागि तिलाठी स्थित ९बेल्ही० भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । रासस