भण्डारी–कोविन्द भेटवार्ता कोविन्दलाई नेपाल भ्रमणको निम्तो

0
Shares

काठमाडौं, (नेस)।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ। जापान भ्रमणका क्रममा भएको भेटवार्तामा भण्डारीले समकक्षी कोविन्दलाई नेपाल आउने निम्तो दिनुभएको हो।

जापानका नयाँ सम्राट् नारोहितोको राज्याभिषेक समारोह टोकियो पुग्नुभएका दुवै राष्ट्रपतिबीच मंगलबार बिहान भेटवार्ता भएको हो।कोविन्दले निमन्त्रणा स्वीकार्नुभएको जापानस्थित नेपाली दूतावासले जनाएको छ।

उहाँहरुबीचको भेटवार्ताका क्रममा भारतीय सहयोगमा नेपालमा सञ्चालित पेट्रोलियम पाइप लाइन, हुलाकी सडक, एकीकृत भन्सार चौकी, अरूण र पञ्चेश्वरलगायतका परियोजनाका बारेमा छलफल भएको बताइएको छ।

दुवै राष्ट्रपतिबीच राष्ट्रपतिस्तरमा पहिलो पटक भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले गुरुनानकको जन्मजयन्तीमा तीनथरी सिक्का निष्कासन गरेको र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकोमा भारतीय पक्षले आभार व्यक्त गरेको थियो। राष्ट्रपति भण्डारीले सोमबार जापानका प्रधानमन्त्री सिन्जो आबेसँग पनि भेटवार्ता गर्नुभएको थियो।