लोहनी डेराबाटै समातिए

0
Shares

काठमाडौं, (नेस)।

नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं रातो खबर साप्ताहिकका पूर्वनिर्देशक गुणराज लोहनीलाई प्रहरीले चितवनबाट गिरफ्तार गरेको छ। उहाँलाई मंगलबार बिहान सादा पोसाकका प्रहरीले चितवनस्थित डेराबाटै गिरफ्तार गरेको हो।

पछिल्लो समय स्वास्थ्यमा समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहनुभएको थियो। स्वास्थ्य समस्याकै कारण पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो। सो कुरा नेकपाले सोमबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो।