विपद व्यवस्थापन दस्था तयार


किरन धामी, दार्चुला ।

घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महाकाली नगरपालिका दार्चुलाले हरेक वडामा विपद व्यवस्थापन स्वयमसेवक तयार गरेको छ । नगरपालिकाले हरेक वडाबाट ३ जना स्वयमसेवक छनौट गरी विपद उद्धार तथा नियन्त्रण सम्बन्धि तालिम समेत दिइसकेको छ ।

स्वयम सेवकहरुलाई नेपाली सेनाले ४ दिन सम्म विपद उद्धार तथा नियन्त्रण सम्बन्धि तालिम दिएको हो । तालिम प्राप्त स्वयमसेवकलाई व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएर स्थानीय स्तरमा हुने घटनाको व्यवस्थापन गर्ने पहिलो प्रतिकार्य दस्ता विकास गराउन थालिएको हो ।

नगरपालिकाले कुनै पनि प्राकृतिक विपदका बेला तत्काल खोज तथा उद्दारका लागी प्रतेक वडाहरुमा विपद व्यवस्थापन स्वयमसेवकहरु खटाउने भएको छ । उनीहरुका लागी उद्दार सामग्रीको समेत व्यवस्था गरिने महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले जानकारी दिनुभयो । तालिम प्राप्त जनशक्तिले विपद पुर्व तयारी तथा प्रतिकार्यको काम गर्ने उहाले बताउनुभयो ।

नगरपालिकाले प्रत्येक वडाबाट ३/३ जना छनौट गरी विपद व्यवस्थापन दस्था तयार पारेको छ । नेपाली सेनाले ४ दिन सम्म उनिहरुका लागी संचालन गरेको विपद प्रतिकार्य तालिम सम्पन्न भएको छ । तालिममा सहभागी विपद व्यवस्थापन स्वयमसेवकलाई तालिम प्राप्त प्रमाणपत्र प्रदान गरिएको छ ।