जातिय छुवाछुत अन्त्य गर्न सरोकारवालाहरुसँग छलफल


बासुदेव शर्मा, जाजरकोट ।
समाजमा हुने जातिय छुवाछुत तथा विभेद अन्त्यका लागी सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । नेपाल राष्टि̯य दलित समाज कल्याण संघ जाजरकोटले सदरमुकाम खलंगामा अभिवेद सम्वन्धि कानुनी व्यवस्था, कार्यान्वयनको अवधारण र सुधारका उपाया सम्वन्धि जिल्ला स्तरिय सरोकारवालासगको संवाद कार्याक्रममा जातिय छुवाछुत र समाजमा हुने विभेद अन्त्यका लागी सरोकारवालाहरुले पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

जातिय छुवाछुत अन्त्यका लागी संचालन गरिएको कार्याक्रममा सरोकारवाला निकायका प्रमुखहरुले समाजमा हुने सवै प्रकारका जातिय छुवाछुत लगाएत विभेदका घटना अन्त्य गर्न सक्रियता पुर्वक लाग्ने वताएका थिए ।

शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले आफनो गाउँपालिकामा दलितहरुलाई गर्ने व्यवहार लगाएत समाजमा हुने कुनै पनि विभेद अन्त्यका लागी सरोकारवालाहरुसग सहकार्य गर्ने वताउनु भयो । आफनो गाउँपालिका भित्र जातिय एकता सदभाव कायम गर्नको लागी नीतिगत तथा कानुनी कुराहरुको पहल कदमी चाल्ने वताउनु भयो ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले एकाइसौ शताब्दीमा पनि मान्छे मान्छेमा हुने छुवाछुत र विभेद अहिले पनी समाजमा जस्ताको त्यस्तै भएकोले आउने पुस्ताले छुवाछुत र विभेदलाई पुरै निमिटेन्न पार्नु पर्ने वताउदै जातिय छुवाछुत लगाएत विभेदका विरुद्ध नगर सरकारले गर्नु पर्ने काम पुरा गर्ने वताउनु भयो ।

जाजरकोटका दलितहरुको अवस्थाका विषयमा पत्रकार जनक केसी र अधिबक्ता भक्त बहादुर मल्लले समाजमा विद्यमान रहेको जातिय छुवाछुत लगाएत विभेद अन्त्यका लागी कानुनमा भएको व्यवस्थाका वारेका कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सहभागीहरुले सरोकारवाला निकायका व्यक्तिहरुलाई जिल्लामा जातिय समानता ल्याउन आईपरेका समस्याहरुका वारेमा जिज्ञासा राखेका थिए । कार्यक्रमका सहभागीहरुको जिज्ञासालाई जिल्ला सरकारी वकीलका कार्यालयका प्रमुख रुकमेडा पोख्रेलले कानुनमा भएको व्यवस्थाका विषयमा जानकारी गराउदै न्याय माग्ना कार्यालयमा आउन आग्रह गर्नु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले अन्यायमा परेका व्यक्तिले न्यायको लागी कार्यालय खोज्दै आए न्याय दिने बताउनु भयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक केशर कार्कीले घटना घटन साथ प्रहरीलाई खवर गर्न आग्रह गर्दै प्रहरीले जानकारी पाए अपराधीहरुलाई नछोडेर कानुनको दायरामा ल्याउने वताउनु भयो ।

सरोकारवाला निकायका प्रमुखहरुले जातिय छुवाछुत अन्त्यका लागी सवैको सोचाईमा परिवर्तन आउन जरुरी रहेको वताएका थिए । सवैको साझा एकताको प्रयासबाट जाजरकोट जिल्लालाई जातिय छुवाछुत र विभेद मुक्त जिल्ला वनाउन सकिने सरोकारवालाहरुको भनाई रहेको थियो ।