‘ह्याप्पी तिहार, चिसो बियर’ का गाएक दुर्गेश थापा पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

गायक दुर्गेश थापा पक्राउ परेका छन् । तिहार सम्बन्धि ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीत सार्वजनीक गरेका थापा मंगलबार काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका कारण उनी पक्राउ पेका हुन् ।

मदिरा र गाँजा सेवनलाई प्रोत्साहन गरी गीत गाएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । ‘ह्याप्पी तिहार गीत बजारमा आए सँगै थापा विवादमा तानिएका थिए ।

पक्राउ परेका थापामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि थापाले तीजको समय ल्याएको ‘बीच्च बीच्चमा’ बोलको गीतले भने निकै चर्चा कमाएको थियो ।