भन्सार छली गर्नेविरुद्ध मुद्दा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।सुनचाँदीको भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा भारतीय नागरिकलाई जिल्ला अदालत धनगढीमा मुद्दा दायर गरेको छ।राजस्व अनुसन्धान विभागले सोमवार धनगढी उपमहानगरपालिका १ बस्दै आएका सुशील कुमार राजपुतविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा मुद्दा चलाएको हो।

विभागका अनुसार, उनीमाथि ८ करोड ६ लाख बिगो माग गरिएको छ। अतुल वर्माले राजपुतको नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलको आडमा भन्सार चोरी पैठारी गरी ल्याएको सुनचाँदी काठमाडौंमा अवैध बिक्री वितरण गरेको जनाएको छ।

जसबाट प्राप्त आयकर समेत कारोबार न्यून देखाई छलि गरेको विभागले जनाएको छ।विभागका अनुसार, वर्माको बैंक स्टेटमेन्टमा ७ करोड ५१ लाख २८ हजार ४ सय ४८ रुपियाँ देखिएको र सोही रकम बराबरको सुनचाँदी कारोबार गरेको उनको मोबाइलमा देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

उनले तिर्नुपर्ने आयकर २९ लाख ७९ हजार ७ सय ८६ रुपियाँ समेत कम गरी तिरेको भेटिएको विभागले बताएको छ। विभागका अनुसार, उनको साथबाट २९ लाख ८० हजार ४ सय ५० भारतीय रुपियाँ बरामद गरिएको छ।