लन्डनका मेयर सादिक भारतविरोधी र्यालीको विपक्षमा


लन्डन, (एजेन्सी)।लन्डनका मेयर सादिक खानले कास्मिर मुद्दालाई लिएर तिहारमा भारतविरोधी र्यालीको आयोजना नगर्न भनेका छन्।सादिक खानले यसबाट बेलायतको राजधानी लन्डनमा पृथकतावादीले प्रोत्साहन पाउने बताए। आयोजक र यसमा सहभागी हुनेहरूलाई र्याली रद्द गर्न भनेका छन्।

र्यालीका आयोजकले यसका लागि अनुमति मागेका थिए। यो विरोध प्रदर्शनमा ५ देखि १० हजारले लन्डनस्थित भारतीय उच्च आयोग अगाडि प्रदर्शन गर्ने कार्यक्रम थियो।भारतीय मूलका लन्डन एसेम्बलीका सदस्य नवीन शाहका पत्रको जवाफमा पाकिस्तानी मूलका लन्डन मेयर सादिक खानले एक विज्ञप्ति जारी गरेका छन्।

‘दीपावलीको दिन लन्डनस्थित भारतीय उच्च आयोग अगाडि विरोध प्रदर्शन पूर्णरूपमा निन्दनीय छ’,खानले पत्रमा लेखेका छन्– ‘जब लन्डनमा नागरिकलाई एकजुट हुन आवश्यक छ भने यस्तोमा विरोध मार्चले पृथकतावादले प्रोत्साहन पाउनेछ।

यो र्यालीका आयोजक र यसमा भाग लिनेहरू सबैले एकपटक फेरि यस र्यालीका विषयमा सोच्न म भन्छु।’लन्डन मेयरका तर्फबाट अक्टोबर १८ मा उक्त पत्र जारी गरिएको थियो। आफूले बेलायती भारतीयको चिन्तालाई बुझेको र कयौं भारतीय उच्च आयोग अगाडि भएको यसअघिका प्रदर्शनबाट डराएको उनले बताए।

तर, जसले गैरकानुनी काम गर्छ त्यसका लागि ऊ जिम्मेवार हुने कुरामा लन्डनबासीलाई आश्वस्त पार्न चाहेको उनले बताए।नवीन शाहले अक्टोबर १७ मा लन्डनका मेयरलाई सम्बोधन गर्दै दीपावलीको दिन भारत विरोधी र्याली रोक्न आफूलाई सम्पर्क गर्नेहरूको तर्फबाट पत्र लेखेको बताएको थियो।

पवित्र पर्व दीपावलीको दिन भारतविरोधी र्याली पूरै असंवेदनशील भएको उनीहरूले बताएको शाहले पत्रमा लेखेका थिए। शाहले उक्त पत्र लन्डनका मेयरबाहेक मेट्रोपोलिटन प्रहरी प्रमुख र बेलायतका गृहमन्त्री प्रीति पटेललाई पनि ट्विटरमा ट्याग गरेका थिए।