विमानस्थलद्वारा दुव्र्यवहारका लागि क्षमायाचना

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।भारतको कोलकाता विमानस्थलको आधिकारिक निकायले दुई जना शारीरिकरूपमा अशक्त अभियन्ता समक्ष क्षमायाचना गरेको छ। तीमध्ये एक महिला अभियन्ताले आफूलाई ट्राउजर खोल्न आग्रह गरिएको गुनासो गरेकी छिन्।

पालियापीडित कुहु दासलाई उनको खुट्टामा लगाइएका क्यलिपर हटाउन आग्रह गरिएको थियो। यद्यपि उनले महिला सुरक्षा अधिकारीलाई आफूले ट्राउजर नखोलिकन क्यालिपर हटाउन नसक्ने बाध्यता जानकारी गराएकी थिइन्।

त्यसै गरी विमानस्थलका कर्मचारीले सेरेब्रल पाल्सीबाट पीडित अर्की अभियन्ता जिजा घोषलाई हेरचाह गर्ने अर्को व्यक्तिबिना उड्न नसक्ने बताएका थिए।