मोरङबाट खैरो हिरोइनसहित ५ पक्राउ

0
Shares

विराटनगर, (नेस)।विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हिरोइनसहित १ जना पक्राउ परेका छन्।सोमबार बिहान ११ बजे चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका–६ बस्ने वर्ष ४० का सिद्धि गिरीलाई ५ ग्राम २ सय ५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यसै गरी इलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले केराबारी गाउँपालिका–७ बिचटोल बस्ने करण मगरको घरमा लागूऔषध सेवन गरिरहेको अवस्थामा वर्ष २० का करण मगर, वर्ष २२ का संदेश चौधरी, वर्ष १९ का शुसिल खेवा र वर्ष १९ को विशाल चेम्जुङलाई ५ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।