स्याफ्रुबेंसी–रसुवागढी सडक दुई लेन बन्ने

0
Shares

रसुवा, (नेस)।स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको सडक दुई लेनको निर्माण हुने भएको छ। करिब ३ करोड ७९ लाख अमेरीकी डलर अर्थात् ४ अर्ब १७ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सडकको साढे आठ मिटर चौडाइमा कालो पत्रे गरिनेछ भने छेउमा एक मिटर नाली रहने गल्छी त्रिशूली–स्याफ्रुबेसी–रसुवागढी सडक छेउमा बनाइएका घर टहरा यही कात्तिक महिनाभित्र हटाउने काम गरिने आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक यही नै हो।

गोसाइँकुण्ड गाउँपालिकाको घट्टेघोलामा दुई महिना अघि एक कार्यक्रम गरी नेपाल र चीन अधिकारीले संयुक्तरूपमा उक्त सडक निर्माणको उद्घाटन गरेका थिए।

स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग सडक निर्माण शुरू गरी २९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चाइना तिब्बत टीएनयू कम्पनी लिमिटेडलाई जिम्मा दिइएको छ।