गोली हानाहान


श्रीनगर, (एजेन्सी)।पाकिस्तानी र भारतीय सैनिकबीच विवादास्पद काश्मिरमा भएको गोलीप्रहारमा दुवैतर्फ गरी कम्तीमा ९ को मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

भारतीय सीमा क्षेत्रको एउटा पोस्ट र नागरिक इलाकालाई पाकिस्तानी सेनाले निसाना बनाएको भारतीय सेनाले बताए। भारीमात्रमा सैन्य तैनाथ काश्मिर सीमामा भएको उक्त घटनामा दुई सैनिक र एक सर्वसाधारणको मृत्यु भएको सेनाले जनाएको छ।

यसबीच पाकिस्तानबाट घूसपैठ रोक्न भारतीय सेनाको एक कारबाहीमा तीन संदिग्ध शिविर ध्वस्त भएको भारतीय सैन्य प्रमुख बिपीन रावतले बताए। यस कारबाहीमा ६ देखि १० पाकिस्तानी सैनिक मारिएको उनले दाबी गरे।