सोनालिका ट्रयाक्टरमा पेट्रोनस आयल प्रयोग गरिने


नेपाली बजारमा बिक्री–वितरण हुने सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुनेछ। यसका लागि सोनालिका र पेट्रोनसबीच सहकार्य भएको छ। पेट्रोनसले यसका लागि लुब्रि–एक्स सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल नेपाली बजारमा सार्वजनिक गरेको छ।

पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लिमिटेडका इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले सो आयल सार्वजनिक गरे।

सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि–एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुका साथै इन्जिनको आयु बढाउन सहयोग गर्छ। त्यसैगरी यसले ब्रेक, डिस्क, गियरबक्स र हाइड्रोलिक लिफ्टको आयुसमेत बढाउँछ।

सो इन्जिन आयल १, ८.५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध छ। नेपाली बजारमा उपलब्ध गराएको अवसरमा विन्टर धमाका नामक अफर समेत ल्याइएको छ।