विद्युत् चुहावट गर्ने ४३ जना पक्राउ


हेटौंडा, (नेस) ।

जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत् प्राधिकरण कलैया बितरण केन्द्रबाट खटिएका प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीको संयुक्त टोलीले अवैधरुपमा विद्युत् चुहावट कार्यमा संलग्न ४३ जनालाई नियन्त्रणमा लिएको छ ।

बाराको करैयामाई गापा–१, २, ३, ४, ५, ६, ७ र ८ स्थित हरैया, ठूलोलौटन, सहजैली, मधुबन, तेतरिया, सिसुवा, ठोरियाही र बोधबनलगायत गाउँमा स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

प्रहरीले आइतबार उक्त अपरेसन गरेको हो ।